३ प्रश्न

बुधबार, २० बैशाख, २०८०
डिजिटल संस्करण

नेपाली क्रिकेटको पछिल्लो सफलतालाई कसरी हेर्नुभएको छ ?
विगतमा हाम्रा खेलाडीबिच आन्तरिक फुट थियो, जसको छाया त्यतिखेरको नतिजामा पनि देखिन्थ्यो । तर, अहिले नयाँ प्रशिक्षक आइसकेपछि खेलाडीबिच मेल देखिएको छ । प्रशिक्षकले ‘ह्याप्पी ड्रेसिङ रुम’ भन्दै आउनुभएको छ । उहाँले खेलाडीको प्रतिभा र क्षमता चिनेर उसलाई उपयुक्त समयमा उपयुक्त जिम्मेवारी दिनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि राम्रो प्रशिक्षक नियुक्त गरेको छ । यी सबैको परिणाम हो, नेपाली क्रिकेटको पछिल्लो सफलता । 

नेपाली क्रिकेटका चुनौती के–के हुन् ?
नियमित घरेलु लिग सञ्चालन हुन नसक्नु नेपाली क्रिकेटको एउटा मुख्य चुनौती हो । यसमा क्यानले ध्यान दिनुपर्छ । पूर्वाधार अर्को चुनौती हो । हामीसँग भरपर्दा क्रिकेट मैदान छैनन् । मूलपानीको मैदान अझै राम्ररी तयार भइसकेको छैन । त्रिवि मैदानमा पनि फ्लड लाइट, स्कोर बोर्ड आदि जडान हुन सकेको छैन । खेलाडी र प्रशिक्षकले आफ्ना तर्फबाट राष्ट्रलाई ठुलो सफलता दिलाएका छन् । अब दिने पालो राज्यको हो । यसका लागि राज्यले भौतिक पूर्वाधार निर्माणमा बजेट लगानी गर्नुपर्छ । 

नेपाली क्रिकेटको अबको लक्ष्य के हुनुपर्छ ?
पहिलो, एकदिवसीय विश्वकप खेल्नु नै हो । दोस्रो, आगामी एसिया कपमा भारत र पाकिस्तानजस्ता टिमसँग राम्रो प्रदर्शन गर्नु हो । तेस्रो, निकट भविष्यमा टेस्ट मान्यता प्राप्त गर्नु हो । 

सुझावित समाचार