नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार मुकदर्शक बनेको गुनासो गरेका छन्। पार्टीनिकट अखिल नेपाल किसान महासंघले आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
पूर्वका विभिन्न जिल्लाहरूमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारको संलग्नता रहेको जिकिर गर्दै ओलीले त्यस्ता उद्दण्ड, अराजनीतिक गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरूले ढुंगामुढा गरेको बताए।
‘अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरू अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन। हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू यिनका मुखबाट भएको छ। त्यो म आफैँले देखेर, भोगेर आएको छु। हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने। त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे। त्यो खालको उदण्डता र सरकार मुकदर्शक,’ उनले भने।