साताको कारोबारको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम भएको हो।
आज दुई सय ७१ कम्पनीको ३२ लाख ६ हजार कित्ता सेयर किनबेच हुँदा ९५ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इन्डेक्स २.९५ र फ्लोट इक्डेक्स १.३४ अंकले घटेको छ।
आज सबै समूहका उपसूचक घटेका छन्। यसमा पनि सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक सबैभन्दा बढी घटेको छ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड– २ को सेयर मूल्य सबैभन्दा धेरै (३.३३) प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड ग्रोथ फन्डको सेयर छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. चार करोड २५ लाख १० हजार आठ सयबराबरको सेयर किनबेच भएको छ।