अस्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

अस्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौं महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छिन्। 

सयनासमेतले वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाई प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी रु ३० लाख लिई ठगी गरेको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनलाई लाजिम्पाटबाट पक्राउ गरेको हो।

पक्राउ परेकी श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

सुझावित समाचार