बाबुले गरे छोराको हत्या

शनिबार, १६ बैशाख, २०८०
डिजिटल संस्करण

कैलालीको धनगढीमा एक व्यक्तिले आफ्नो छोराको हत्या गरेका छन्। धनगढी उपमहानगरपालिका–६ मटियारी बस्ने ४७ वर्षीय महेशकुमार चौधरीले आफ्ना छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चौधरीले घरबाट करिब डेढ सय मिटर टाढा जंगलमा लगेर इँटाले टाउकोमा हानेर छोराको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार