सेमिफाइनलमा नेपालको भेट कुवेतसँग, युएईले ओमानको सामना गर्ने

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले कुवेतको सामना गर्ने भएको छ। 

लिग चरणको अन्तिम खेलमा रोमाञ्चक खेलमा कुवेतले हङकङलाई पराजित गरेपछि नेपालले सेमिफाइनलमा कुवेतलाई प्रतिस्पर्धी पाएको हो। 

महत्वपूर्ण दुई अंक हासिल गरेसँगै कुवेत समूह बीको दोस्रो स्थानमा उक्लियो। चार खेलबाट समान ६ अंक भए पनि रनरेटका आधारमा युएई शीर्ष स्थानमा रह्यो। हङकङले भने चार खेलमा पाँच अंक मात्र जोड्न सक्यो। 

समूह एतर्फ नेपाल चार खेलमा सात अंकसहित शीर्ष स्थानमा रह्यो। ओमानले चारमध्ये तीन खेल जितेर ६ अंक बटुल्दै दोस्रो स्थानमा रहेर सेमिफाइनल पक्का गर्यो। 

अब नेपाल र कुवेतबीचको सेमिफाइनल खेल कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा हुनेछ। यस्तै, अर्को सेमिफाइनलमा मूलपानी खेलमैदानमा युएई र ओमान भिड्नेछन्। 

सुझावित समाचार