जुम्लाको गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरियो

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण

जुम्लाको तातोपानी गाउँपालिका– ४ गौतमबाडामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ। स्थानीय लक्ष्मीप्रसाद गौतमको दाउरा खाडमा भेटिएको सकेट बम नन्दाबक्स गण जुम्लाका सहायक सेनानी टेकराज गौलीको नेतृत्वमा गएको ७ जनाको टोलीले बिहीबार बिहान डिस्पोज गरेको हो।

बम देखेपछि स्थानीयले हाँकुस्थित प्रहरी चौकीलाई बुधबार खबर गरेका थिए। बम भेटिएपछि सोही दिन सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक राजेन्द्र गिरी नेतृत्वमा टोली खटिएको थियो। बुधबार अबेर भएपछि बिहीबार बिहान मात्रै बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए।

सो सकेट बम द्वन्द्वकालमा छोडिएको हुन सक्ने अनुमान गरिएको छ। ०६६ चैत २४ गते सोही गाउँको रुपचन्द्र बोहराको पुरानो घर भत्काउने क्रममा बेवारिसे बम विस्फोट हुँदा रामालक्ष्मी जैसी घाइते भएकी थिइन्। त्यस घटनामा परी उनको दायाँ हातको कुहिनाभन्दा तलको भाग गुम्नुका साथै दुवै आँखाको ज्योति पनि गुमेको थियो।

See More On

सुझावित समाचार