नेपालको खराब प्रदर्शन, कतारलाई १५८ रनको सामान्य लक्ष्य

बिहिबार, १४ बैशाख, २०८०
डिजिटल संस्करण
नेपालको खराब प्रदर्शन, कतारलाई १५८ रनको सामान्य लक्ष्य

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले कतारलाई एक सय एक सय ५८ रनको सामान्य लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४०.३ ओभरमा एक सय ५७ रनमै अलआउट भएको हो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा सन्दीप लामिछाने सर्वाधिक ४२ रनको योगदान गर्दै नटआउट रहे।

क्याप्टेन रोहित पौडेलले २७, आशिफ सेखले १९, दीपेन्द्रसिंह ऐरी १२ तथा सोमपाल कामी र आरिफ सेखले ११–११ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

कतारका अमिर फरुकले सर्वाधिक चार विकेट लिए। ओवाइस अहमदले तीन, गयान मुनविराले दुई र इकरामुल्लाह खानले एक विकेट लिए।

सुझावित समाचार