आइएमईले दिने बोनसमा निरन्तरता

बुधबार, १३ बैशाख, २०८०
डिजिटल संस्करण

आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा अमेरिका, क्यानडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ । 

संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स ‘आइएमई पे’मा कन्ट्रोल नम्बर राखी दाबी गर्दा ५० रुपैयाँ रकम बोनसका रूपमा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ ।

‘आइएमई पे’ले सो बोनस रकम आगामी दिनहरूमा पनि निरन्तरता दिँदै ग्राहकलाई झन्झटविना विदेशबाट आएको रकम वालेटमै दाबी गर्न प्रोत्साहन गरेको उल्लेख छ । 

See More On

सुझावित समाचार