पुरुषोत्तम पौडेल भन्छन्- अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवारी दिएका पुरुषोत्तम पौडेलले निर्वाचनको प्रारम्भिक परिणामले उत्साही नबनाएको बताएका छन् । उनले मतगणना चलिरहेको अवस्थामा अहिलेको जनादेश आफ्नो पक्षमा आउने छाँटकाँट नदेखिएको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘निर्वाचनको प्रारम्भिक परिणामले हामीलाई उत्साही बनाएको छैन । हामीलाई अझ मिहिनेत गर्न भनिरहेको अवस्था छ । अहिलेको जनादेश हाम्रो पक्षमा आउने छाँटकाँट छैन । यो उपनिर्वाचनमा जे–जस्तो परिणाम आए पनि जनादेश भनेको जनादेश नै हो । हामी लोकतान्त्रिक विधिबाट आएको जनादेशलाई स्वीकार गर्दछौँ ।’ 

सुझावित समाचार