तनहुँ उपनिर्वाचन : ११८१ मत बदर

मंगलबार, १२ बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा एक हजार एक सय ८१ मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम जानकारीअनुसार खसेको ६५ हजार तीन सय १६ मतमध्ये ६४ हजार एक सय ३५  मत मात्रै सदर भएको छ । 

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डाक्टर स्वर्णिम वाग्ले ३४ हजार नौ सय १९ मत प्राप्त गरेर विजयी भएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेका उम्मेदवार गोविन्द भट्टराईले २० हजार एक सय १२ मत ल्याए ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल आठ हजार चार सय ८८ मत प्राप्त गरे । राप्रपाकी शोभा गुरुङले दुई सय १८,नागरिक उन्मुक्ति पार्टीले ९९, नेमकिपाले ३१, नेकपा समाजवादीले पाँच, मंगोल नेसनल अर्गनाइजेसनले एक सय ६६ र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारले ८७ मत प्राप्त गरे।  

सुझावित समाचार