बारा २ मा उपेन्द्रलाई सुरुवाती अग्रता

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा २ मा उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन् । 

भर्खरै सार्वजनिक गरिएको पहिलो मतपरिणामअनुसार ६ सय ७० मत गणना हुँदा जसपाका उपेन्द्र यादवले दुई सय २४ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाहले एक सय ७० मत ल्याएका छन् । 

एमालेका उम्मेदवारले एक सय ६६, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० तथा आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले १२ मत पाएका छन् ।

उपनिर्वाचनअन्तर्गत हिजो सम्पन्न मतदानमा ६६ हजार सात सय ३८  मत खसेको थियो । यहाँ कुल एक लाख पाँच हजार दुई सय ४८ मतदाता छन् ।

सुझावित समाचार