मूलपानीमा वर्षा बाधक (फोटोफिचर)

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

सेमिफाइनल प्रवेशको सँघारमा रहेको नेपालले एसिसी पुरुष प्रिमियर कपको तेस्रो खेलमा साउदी अरबको सामना गर्दै छ । तर, लगातारको वर्षाका कारण खेल अनिश्चित बनेको छ । 

मूलपानी खेलमैदानमा अहिले पनि सिमसिम पानी परिरहेको छ । गए रातिदेखि परेको वर्षाले मैदान झिजेको छ । कभरले छोपिएको पिचलाई वर्षाले असर नगरे पनि सिमसिम पानी परिरहेको र मैदानमा ओस धेरै भएकाले खेल हुने–नहुने टुंगो लागेको छैन । 

मैदानबाहिर केही समर्थक अझै पनि खेल हुने आशामा बसिरहेका छन् । 

सुझावित समाचार