प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता बढाउँदै लगेका छन् ।
प्रारम्भिक चरणबाटै वाग्लेले अग्रता लिएका थिए । पछिल्लो सार्वजनिक मतपरिणामअनुसार वाग्लेले पाँच हजार १९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दुई हजार तीन सय ५१ मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एक हजार पाँच सय १९ मत पाएका छन् । प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार नौ हजार तीन सय ४६ मतगणना हुँदा यो नतिजा आएको हो ।
आइतबार सम्पन्न मतदानको क्रममा तनहुँ १ मा ६३ हजार सात सय ५७ मत खसेको थियो । यहाँ एक लाख २३ हजार तीन सय पाँच मतदाता छन् ।