तनहुँ १ मा मतगणनाको निर्णय लिन सर्वदलीय बैठक जारी

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । 

जिल्ला समन्वय समितिमा जारी सर्वदलीय बैठकपछि आजै मतगणना सुरु गर्ने वा भोलिबाट गर्ने भन्ने निर्णय हुनेछ ।

सर्वदलीय बैठकअघि सबै मतदान केन्द्रबाट मतपेटिका संकलन भइसकेको छ । संकलित मतपेटिकाहरूलाई जिल्ला समन्वय समितिमा राखिएको छ ।

सुझावित समाचार