तनहुँमा न्यून मतदान, मतपेटिका संकलनपछि गणना थालिने

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले ५२ देखि ५३ प्रतिशत मात्रै मत खसेको बताए। 

तनहुँ १ मा खटिएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि न्यून मत खसेको बताए। ‘यहाँ भएका सबैले भोट हालेको मतदान केन्द्रको निरीक्षणमा पाएँ। विदेश गएका, जिल्लाबाहिर रहेका धेरै भएकाले कम मत खसेको हुनुपर्छ,’ उनले भने।

निर्वाचन अधिकृत आचार्यले मतपेटिका प्राप्त भएपछि उम्मेदवारसँग सल्लाह गरेर मतगणना थालिने बताए। ‘गणना सुरु गर्दा ११–१२ बज्ला। उम्मेदवारसँग सल्लाह गर्छु। राति नै गरौँ भने हामी तयारै छौँ। बिहान गरौँ भने बिहान फर्स्ट आवरमा सुरु गर्छौं। जिल्ला समन्वय समितिको हलमा गणनाको तयारी छ,' उनले भने।

चितवन २ र बारा २ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

See More On

सुझावित समाचार