भोजपुरी अभिनेत्री पूजा ठाकुर नेपाली म्युजिक भिडियोमा

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

मैथिली तथा भोजपुरी अभिनेत्री पूजा ठाकुरकाे अभिनय रहेकाे नेपाली म्युजिक भिडियाे ‘हेर यो मेरो मुटुमा’ सार्वजनिक भएको छ।

सांगीतिक क्षेत्रमा विगत एक दशकदेखि संघर्षरत गायक सुनील थापामगरको आवाजमा रहेको गीतको शब्द र संगीत प्रमोद कोइरालाको रहेको छ भने एरेन्ज प्रमोद परियारको रहेको छ।

गीतको भिडियोमा जेपी शाह र पूजा ठाकुरको अभिनय रहेको छ। शाह व्यापारी हुन् भने ठाकुर मैथिली तथा भोजपुरी कला क्षेत्रमा चर्चित छिन्।

छायाकार रूपेश थापाले पोखराका रमणीय ठाउँमा खिचेको गीतको भिडियोको निर्देशन पनि ठाकुरले नै गरेका छन्। भिडियो सम्पादन प्रवीण भट्टले गरेका छन्।

सुझावित समाचार