रवि लामिछानेलाई धरानका मेयर हर्क साम्पाङले दिए जितको शुभकामना

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितका लागि शुभकामना दिएका छन्। 

आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पाङले ‘अल द बेस्ट रविजी’ भन्दै शुभकामना दिएका हुन्। 

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट सांसद पद गुमाएपछि लामिछाने पुनः चितवन २ बाट चुनाव लडिरहेका छन्। 

४ मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

सुझावित समाचार