इस्लाम धर्मालम्बीहरूले महान चाड इल उल फित्र(इद) धुमधामका साथ मनाइँदै छ।
.jpg'_'.2023-04-22.jpg)
शुक्रबार साँझ मुस्लिम सामुदायले चन्द्रमा देखेपछि शनिबार बिहानै इद उल फित्रका नमाज पढी इदपर्व मनाउने गरिन्छ। यो पर्वको अवसरमा जनकपुरधामका मेयर मनोजकुमार साह इदहामै पुगेर सबै इस्लाम धर्मावलम्बीहरूलाई इदकाे शुभकामना दिएका थिए।
.jpg'_'.2023-04-22.jpg)
इदको नमाज समाप्त भएसँगै मुस्लिम सामुदायले एक अर्कालाई अंकमाल गरी इद मुबारक भन्दै शुभकामना दिए।इस्लामिक महिना रमजानको अन्तिम दिन शुक्रबार साँझ चन्द्रमा देखिएपछि एक महिनादेखि रोज(व्रत) बस्दै आएका मुस्लिम सामुदायहरूमा इदको रौनक छाएको छ।
.jpg'_'.2023-04-22.jpg)
इदमा सबैए(खानेकुरा), खिर तथा अन्य मिठो परिका खानपिन गर्ने गरिन्छ। त्यस्तै, इदको लागि मुस्लिम सामुदायले परिवारका प्रत्येक सदस्यको लागि नयाँ लुगाकपडा खरिद गर्ने गरिन्छ।
.jpg'_'.2023-04-22.jpg)
इदको नमाज पढ्नुभन्दा पूर्व रोजामा भएको कमीकजोरी वा रोजालाई शुद्धीकरणका लागि प्रत्येक व्यक्तिलाई २ किलो ४५ ग्रामको दरले गहुँ परिवारका सबै सदस्यहरूले फित्रराको रूपमा वा त्यहीबराबरको रकम अनिर्वाय रूपमा मदरसा तथा गरिबलाई दान गर्नुपर्ने प्रावधान छ।
.jpg'_'.2023-04-22.jpg)
.jpg'_'.2023-04-22.jpg)
.jpg'_'.2023-04-22.jpg)