मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकहरूलाई आकर्षण गराएको छ।
पर्यटकहरूलाई आधुनिकभन्दा स्थानीय ढुंगामाटो तथा काठ प्रयोग गरी बनाइएको पुराना शैलीको मौलिक घर भएका गाउँमा अवलोकन गर्न रुचाउँछन् ।
सहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट कंक्रिट ढलानका छाना भएका घरहरू प्रशस्त छन्। साथै, आफ्नो रुचि, हैसियतअनुसार उपत्यकामै पनि घरहरूका अकार,रङ, शैली फरकफरक छन्। तर, पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै। मौलिक घरदेखि आधुनिक घरका केही तस्बिरहरू :









