सोमपालकाे विस्फाेटक अर्धशतक

शुक्रबार, ८ बैशाख, २०८०
डिजिटल संस्करण

एसिसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत  शुक्रबार नेपाल र ओमानबीचको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गरेका छन्। 

उनले ३९ बलमा ५० रन बनाएका हुन्। एकदिवसीय खेलमा सोमपालको यो दोस्रो अर्धशतक हो। सोही खेलमा चार अर्धशतक बनाएका कुशलले करिअरकै पहिलो शतक बनाएका छन्। 

कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ। यो समाचार तयार पार्दासम्म ४८ ओभरमा आठ विकेट गुमाएर नेपालले दुई सय ८७ रन बनाएको छ। 

त्रिविको घरेलु मैदानमा नेपाल दुई महिनायता अपराजित छ । यसै मैदानमा नेपालले आइसिसी विश्वकप लिग– २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानलाई दुई खेलमा हराएको थियो। 
 

सुझावित समाचार