अपांगता भएका १३० कलाकारको कला प्रदर्शनी (फोटोफिचर)

बिहिबार, ७ बैशाख, २०८०
डिजिटल संस्करण

काठमाडौंको जोरपाटीमा हेन्डिक्राफ्ट प्रदर्शनी सुरु भएको छ। सात दिनसम्म चल्ने उक्त प्रदर्शनी बिआइए फाउन्डेसनको सहकार्यमा बिहीबारदेखि सुरु भएको हो।

प्रदर्शनीमा अपांगता भएका १३० कलाकारहरूको सहभागिता रहेको छ। ८ वर्षदेखि बिआइए फाउन्डेसनमा आबद्ध रहेका कलाकारहरूको ३१ वटा थांका र ३२ वटा बुद्धका विभिन्न आकृतिका मूर्ति प्रदर्शनीमा राखिएको छ।

अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले उक्त संस्थाले निरन्तर रूपमा काम गर्दै आएको छ। निरन्तर ८ वर्षको प्रयासपछि अपांगता भएका १३० कलाकारलाई पूर्ण रूपमा हेन्डिक्राफ्टमा अब्बल बनाएको संस्थाका निर्देशक गोकर्ण ढुंगानाले बताए।

यी कलाकारहरूबाट उत्पादन भएका सबै सामानहरू फाउन्डेसनले नै बजार व्यवस्थापन गर्दै आएको छ। प्रदर्शनीमा राखिएका थांका तथा मूर्तिहरू अवलोकनकर्ताले खरिद गर्नसमेत सक्ने निर्देशक ढुंगानाले बताए।

प्रदर्शनीको अमेरिकी राजदूत डिन थम्सनले अवलोकन गरेर उद्घाटन गरेका थिए।

सुझावित समाचार