कुमारी बैंक र लभ–कुश इनोभेसनबीच सम्झौता

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

 कुमारी बैंक लिमिटेडका क्रेडिट कार्डवाहकले लभ–कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्रीहरू मासिक किस्तामा खरिद गर्न सक्ने भएका छन् । आफ्ना क्रेडिट कार्डवाहक ग्राहकलाई सुविधा दिने उद्देश्यले बैंकले लभ–कुश इनोभेसनसँग सम्झौता गरेको हो । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यान दिँदै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत लभ–कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने प्रावधान गरेको जनाएको छ ।

बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे जनाएको छ । 

सुझावित समाचार