घर बनाउँदा सकेसम्म उत्तर वा पूर्व फर्किएको भूमिमा निर्माण गर्नु उपयुक्त हुन्छ । घर निर्माण गर्दा भान्साकोठाको स्थान दक्षिण–पूर्व आग्नेय दिशामा हुनुपर्छ । घरको पूर्व र उत्तर ईशान दिशामा पानीट्यांकी वा अन्डरग्राउन्ड इनार राख्नु राम्रो मानिन्छ । यस्तै, पूर्व–उत्तर ईशान दिशाको बीचमा पूजाकोठा हुनु राम्रो मानिन्छ । बैठक कोठा उत्तर फर्किएको राम्रो मानिन्छ । घरको दक्षिण वा पश्चिम दिशातिर सुत्ने कोठाको स्थान बनाउँदा राम्रो हुन्छ ।
सबैभन्दा पहिले वास्तुशास्त्रअनुसार घर निर्माण गर्नुअघि नै विचार पु¥याउनुपर्ने हुन्छ । तर, कतिपय अवस्थामा सम्पूर्ण वास्तुविज्ञानअनुसार मिलेको घर निर्माण गर्न सकिँदैन । त्यसैले घरमा स्वस्तिक चिह्न राख्ने, घरको ढोकामा अष्टमंगल घरको चिह्न राख्ने र घरको पाँचवटा ढोकामा कलश राख्नु राम्रो मानिन्छ ।
वास्तु नमिलेको ठाउँमा वास्तुदोष कम गर्न कोठामा सामान दायाँ–बायाँ गर्ने, सार्ने, कोठामा फरक–फरक रङ लगाउने, अन्य डिजाइनका सजावटका सामग्री छनोट गर्न सकिन्छ । जस्तै– भित्र चारवटा दिशामा सामान मिलाएर राख्न सकिन्छ । खाटको सिरानी पूर्व–दक्षिण फर्काउने गर्नुपर्छ ।
ईशान कोण र नैऋत्य कोणमा निकै ख्याल राख्नुपर्छ । यो दिशामा भण्डारण हुनुहुँदैन । त्यस्तै, चुलो र चर्पी पनि हुनुभएन । प्रकृतिको मूल आधार नै नैऋत्य भएकाले गर्दा यो दिशा सन्तुलनमा हुनुपर्छ ।