दाङमा सशस्त्रका सहायक हवल्दारले आफैँलाई हाने गोली, घटनास्थलमै मृत्यु

आइतबार, ३ बैशाख, २०८०
डिजिटल संस्करण

दाङकाे तुलसीपुरस्थित कारागार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैँलाई गोली हानेका छन्।

आइतबार बेलुका साढे ८ बजेतिर आफैँलाई गोली हान्दा तुलसीपुर उपमहानगरपालिका- ८ टिकरीनिवासी सहायक हवलदार  ३५ वर्षीय वसन्त केसीको घटनास्थलमै मृत्यु भएको हो।

उनी कारागार सुरक्षा गुल्म तुलसीपुरमा चार–पाँच दिन पहिले मात्रै आएका थिए। ड्युटीमै रहेका केसीले आफैँलाई गोली हानेको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। 

केसी यसअघि ४८ नम्बर रिजर्भ गुल्म कपिलवस्तुमा कार्यरत थिए।

See More On

सुझावित समाचार