सिंहदरबारको फोहोर नउठाएर काठमाडौं महानगरले जनस्वास्थ्यमाथि खेलबाड गर्‍यो : सञ्चारमन्त्री शर्मा

बिहिबार, ३० चैत, २०७९
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रको फोहोर नउठाएर जनस्वास्थ्यमाथि खेलबाड गरेको बताएकी छिन्।

बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन्। कुनै अर्को उद्देश्य पूर्तिका लागि फोहोर नउठाएर हडतालको विषय बनाइएको मन्त्री शर्माको आरोप छ।

‘स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ हेर्यौँ भने त्यहाँ बुँदागत रूपमा के–के गर्ने स्थानीय सरकारले भनेर त्यो कुरा लेखिएको छ। तर, त्यो लेखिएको विषयलाई अर्को कुनै उद्देश्य पूर्तिका निमित्त र अर्को कुनै कामलाई सल्ट्याउनका निमित्त हडतालको विषय बनाउनुहुन्न,’ उनले भनिन्।


बालेनको चुनौती- काठमाडौंको हितमा काम गर्न नसके सिंहदरबार सार्नुहोस्


महानगरपालिकाका मेयरले संविधान, कानुन र स्थानीय सरकार सञ्चालन एने बुझेर काम गर्नुपर्ने मन्त्री शर्माले प्रस्ट पारिन्। उनले भनिन्, ‘हाम्रो कैयौँ नीतिगत व्यवस्था, संविधानका व्यवस्था, कानुनमा भएका व्यवस्था हामीलाई चित्त नबुझेका पनि हुन सक्छन्। त्यो कुरा बेठीक पनि लाग्न सक्छन्। या, त्यसलाई परिवर्तन गर्ने सामर्थ्य राख्नुपर्छ। होइन भने भएको व्यवस्था कानुनी मान्दैनौँ भन्यौँ भने हुन्छ के?’

केन्द्र सरकारले सुकुमबासी बस्ती हटाउन असहयोग गरेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पछिल्लो समय सिंहदरबारको फोहोर उठाउन बन्द गरेका छन्। लगत्तै, मन्त्रिपरिषद् बैठकले फोहोर नउठाउने मेयर साहको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने निर्णय गरेको थियो।


सिंहदरबार र काठमाडौं महानगर दुवै सच्चिनुपर्छ : शेखर कोइराला


सुझावित समाचार