सेयर बजारमा उछाल, ९२ अंकले बढ्याे नेप्से

बुधबार, २९ चैत, २०७९
डिजिटल संस्करण

लामो सयम खुम्चिएको सेयर बजारमा आज उत्साह देखिएको छ। आज सेयर बजार सूचक नेप्से ९२.२२ अंक (४.९३ प्रतिशत) ले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। 

आज  सबै समूहको सेयर उकालो लागेको छ। यसमा पनि फाइनान्स तथा विकास बैंक समूहको सेयर उच्च अंकले बढेको छ। 

यस दिन दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ९७ करोड ६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज सबैभन्दा धेरै शुभम् सिमेन्टको ११ करोड कारोबार भएको छ भने सिद्धार्थ इन्क्युटी फन्ड, सिटिजन म्युचुअल फन्ड एक, आदर्श लघुवित्त, खप्तड लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ। 

सुझावित समाचार