नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदै छ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । महासंघको कार्यसमिति सदस्यमा चारजना सर्वसम्मत निर्वाचित भइसकेका छन् ।
जसकारण अब एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न मतदान हुनेछ । महासंघको विधानतः हाल वरिष्ठ उपाध्यक्ष रहेका चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा देखिएका केही दृश्य :







