३ प्रश्न

मंगलबार, २८ चैत, २०७९
डिजिटल संस्करण

महानगरले सिंहदरबारभित्रको फोहोर उठाउन छाड्नुको कारण के हो ? 
यसबारे मेयरसापले नै भनिसक्नुभएको छ । केन्द्रीय सरकारले स्थानीय सरकारलाई सहयोग गर्दैन र स्थानीय सरकारको मर्म बुझ्दैन भने स्थानीय सरकारले केन्द्र सरकारलाई किन सहयोग गर्ने ? केन्द्रीय सरकार र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर भएको भए आज यो अवस्था आउने नै थिएन । सिंहदरबारले बाहिरको कुरा सुन्नुपर्छ । स्थानीय तहसँग मिलेर अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । 

सिंहदरबार महानगरको के सर्त वा माग पूरा गरिदियो भने सिंहदरबार क्षेत्रको फोहोर उठ्छ ?
यसबारे पनि मेयरसापले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउनुभएको छ । महानगरसँग सिंहदरबारले देखाएको व्यवहारका आधारमा महानगरले पनि सोही किसिमको व्यवहार देखाएको हो । जबसम्म सिंहदरबारले महानगरका समस्या बुझ्दैन र समन्वय हुँदैन, त्यतिवेलासम्म त्यहाँबाट फोहोर उठ्दैन । यसबारे मेयरसापले प्रस्ट भनिसक्नुभएको छ ।सिंहदरबारले हाम्रो कुरालाई गम्भीर रूपमा लिएर समाधान गर्नुपर्छ । 

यसरी केन्द्र सरकारसँग मनमुटाव र दूरी बढाएर सहरी समस्या समाधान होलान् ? 
यो दूरी हामीले बढाएका होइनौँ, सिंहदरबारले बढाएको हो जस्तो लाग्छ । स्थानीय सरकारलाई आवश्यक सहयोग गर्नु केन्द्र सरकारको दायित्व पनि हो । तर, सिंहदरबारले महानगरको कुरा सुन्दै सुनेन । जनतालाई अत्यावश्यक पर्ने काम गर्न खोज्दा सधैँ नजरअन्दाज भयो । 

सुझावित समाचार