उत्तरी नाका खोल्ने पहल गर्न सत्तारूढ दलका सांसदको माग

सोमबार, २७ चैत, २०७९
डिजिटल संस्करण
उत्तरी नाका खोल्ने पहल गर्न सत्तारूढ दलका सांसदको माग

फाइल तस्बिर

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले नेपालको उत्तरी सीमामा रहेका नाकाहरू खोल्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद बडूले उत्तरी सीमानाका खोल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विगत चार वर्षदेखि नाका बन्द हुँदा त्यस भेगको जनजीवन प्रभावित भएको भन्दै बडूले नाका खोल्न कूटनीतिक पहल गर्न सरकारसँग माग गरे । नाका खुले देशको अर्थतन्त्र निर्माणमा योगदान पुग्ने उनको भनाइ छ।

‘नेपाल सरकारले यसलाई गम्भीरतापूर्वक ध्यान दिनु जरुरी छ । उच्च प्राथमिकताका साथ, महत्वका साथ, गम्भीरतापूर्वक नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, छिटोभन्दा छिटो कूटनीतिक पहल होस् । र, यी नाकाहरू सञ्चालनमा आउन् । ता कि हाम्रो अवरुद्ध व्यापार फेरि सञ्चालनमा आओस्,’ सांसद बडूले भने ।
 

सुझावित समाचार