कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, तीनमन्त्रीले बुझाए राजीनामा

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट मन्त्री बनेका तीनजनाले मुख्यमन्त्री राजकुमार शर्मालाई आइतबार राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री शर्मासामु एमालेका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री जितबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले राजीनामा दिएका हुन्।

केन्द्रमा १० पुसको गठबन्धन टुटे पनि कर्णालीमा भने अहिलेसम्म त्यही समीकरणअनुसार नेकपा एमाले तीन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा रहेको थियो। चैत्र १७ गते शर्माले पुनः विश्वासको मत लिँदा राप्रपाबाहेकका दलले विश्वासको मत दिएका थिए।

माओवादी केन्द्र र एमालेबीचको सहमतिअनुसार गठन भएको सरकारबाट एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागी हुने निश्चित भएको छ।
 

सुझावित समाचार