दिदीबहिनी मृत फेला घटना : सातजना पक्राउ

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

रुकुमपूर्वमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ। पुथा उत्तरगंगा गाउँपालिका– ३ रन्मामा बिहीबार दुई बालिकाको शव भेटिएपछि सो घटनाको अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको हो। 

यही चैत २२ गते सिस्नो टिप्न घरबाट निस्किएका एकै घरका दिदीबहिनीको चैत २३ गते गाउँनजिकैको भिरमा शव भेटिएको थियाे। 

११ वर्षीया रिना बुढामगर र नौ वर्षीया कालिमाया बुढामगरलाई हत्या गरेर भिरमा फालिएको आशंकामा प्रहरीले शंकास्पद सातजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक अञ्जना श्रेष्ठले जानकारी दिए।  

दुवैजनाले लगाएको गहना लुटपाट भएकाले उनीहरूको हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ। दुवै बालिकाको शनिबार शव रुकुमकोट ल्याएर परीक्षण गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेकाको नाम ठेगाना प्रहरीले खुलाएको छैन। रासस 
 

सुझावित समाचार