प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई तीन प्रश्न

आइतबार, २६ चैत, २०७९
डिजिटल संस्करण

पछिल्लो समय काठमाडौं उपत्यकाको सवारी दुर्घटनाको स्थिति कस्तो छ ?
हामीले केही समयअघि यस आर्थिक वर्षको नौ महिनाको अवधिमा भएका सवारी दुर्घटनाको तथ्यांक विश्लेषण गरेका थियौँ । त्यस क्रममा गत वर्षको तुलनामा यस वर्षको नौ महिनाको अवधिमा ६.५ प्रतिशतले दुर्घटनामा कमी आएको देखिन्छ । 

सवारी दुर्घटनाका प्रमुख कारणहरू के के पाउनुभएको छ ?
अधिकांश दुर्घटनाको प्रमुख कारण ‘ओभर स्पिड’ नै हो । त्यसपछि चालकको लापरबाही दोस्रो कारण हो । कतिपय दुर्घटना चालकले सडकमा ‘जिकज्याक’ गरेर मोटरसाइकल चलाएका कारण पनि भएका छन् । कहिलेकाहीँ बसको ढोकाबाटै झरेर पनि दुर्घटना भएका छन् । सवारी साधन चलाउँदा मोबाइलमा कुराकानी गर्दा पनि दुर्घटना भएका देखिन्छन् । ९० प्रतिशतभन्दा बढी दुर्घटना ‘ह्युमन इरर’ कै कारण भएका छन् भने बाँकी १० प्रतिशतजति दुर्घटनाचाहिँ सवारी साधनको यान्त्रिक गडबडी, सडकको दुरवस्था, वर्षा आदिका कारण पनि भएका छन् । 

सवारी दुर्घटना कसरी न्यूनीकरण गर्न सकिएला त ?
सबैभन्दा पहिले चालक स्वयं सचेत हुनुपर्छ । सबैले अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्छ । सवारी चलाउँदा सडकको अवस्थामा ध्यान दिनुपर्छ । ओभर स्पिड गर्नु हुँदैन । पैदल यात्रुले जथाभावी सडक पार गर्नु हुँदैन । आकासे पुल भएको स्थानमा पुलबाट र जैब्रा क्रस भएको स्थानमा जेब्रा क्रमबाट मात्र सडक पार गर्नुपर्छ ।  
 

सुझावित समाचार