काइरो प्राक्टिक तथा न्युरो थेरापीसम्बन्धी तीनदिने शिविर सुरु

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

काठमाडौंको मैजुबहालमा काइरो प्राक्टिक तथा न्युरो थेरापीसम्बन्धी तीनदिने शिविर सुरु भएको छ । 

काठमाडौं महानगरपालिका– ७ को मैजुबहालमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको सामुदायिक भवनमा तीनदिने शिविर सञ्चालन भएको हो । 

शिविरको पहिलो दिन ७० जनाले सेवा लिएको शिविरका एक सहयोगी तुलसी पौडेलले जानकारी दिए । 

शिविरमा भारतको बोधी इन्स्टिच्युट अफ अल्टरनेटिभ मेडिसिन मिन्डोलोजीका प्रमुख कायरो प्राक्टिक एन्ड न्युरो थेरापी हिलिङ मास्टर डा. विशाल बोधी र डा. योगिनी अंकिताले उपचार सेवा दिएका हुन् । 

डा. बाेधीले काइरो प्राक्टिक औषधि र सर्जरीविना नै थुप्रै रोगको सफल उपचार गर्ने विधि भएको बताए । 

तीन दिनसम्म चल्ने शिविरमा शनिबार र आइतबार पनि बिहान १० देखि ५ बजेसम्म स्वास्थ्य परीक्षण र उपचार हुने अर्का सहयोगी ध्रुवप्रसाद पौडेलले जानकारी दिए । 

डा. बोधीका अुनसार काइरो प्राक्टिक एन्ड न्युरोथोरापी विशेष गरी हाडजोर्नी तथा नसासम्बन्धी उपचार गर्ने विशेष पद्धति हो ।

शुक्रबार शिविरमा विशेष गरी नसा च्यापिएको, हाडजोर्नी खिइएको, हातखुट्टा झमझमाउने, गर्धन तथा घुँडाको दुखाइ, हिँडडुल गर्न कठिनाइ भएका बिरामीले सेवा लिएको डा. बोधीले बताए । 

सुझावित समाचार