घरघरमा छरिएर रहेका रकम जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : माधव नेपाल

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका सानासाना रकम पुँजीको रूपमा जम्मा गर्न सके अर्थतन्त्रलाई चलायमान बनाउन सहज हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा छरिएका साना रकम पुँजीको रूपमा जम्मा गर्न सके अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने धारणा राखे । विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्न सके राज्यकोषको वृद्धि हुने उनको भनाइ छ । 

‘हामी चाहन्छौँ, घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा हुन पाए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरू उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्न सके राज्यको समग्र रकम पनि राज्यसँग रहेको कोषमा पनि वृद्धि हुन सक्थ्यो । लगानीमा उपयोग हुन सक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन,’ उनले भने ।
 

सुझावित समाचार