घरमा आगलागी हुँदा गुल्मीमा एक वृद्धको ज्यान गयो

शुक्रबार, २४ चैत, २०७९
डिजिटल संस्करण

गुल्मीको मदानेमा बिहीबार राति एक घरमा आगलागी हुँदा एक वृद्धको जलेर ज्यान गएको छ । घरमा आगो लागेपछि मदाने गाउँपालिका– ६ पुर्कोट देउरालीका ८३ वर्षका ज्ञानबहादुर जिसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए ।

राति करिब १० बजे एक्कासि घरमा आगो लागेपछि कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । मृतक जिसी घरमा एक्लै बस्दै आएकाे प्रहरी निरीक्षक घिमिरेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिहीबार राति नै छत्रकोट– ३ हर्दिनेटामा पनि आगलागीबाट डोलराज भण्डारीको घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। उनको गोठमा भएका दुईवटा ब्याउने भैँसी घाइते भएका छन्।

See More On

सुझावित समाचार