काठमाडौं उपत्यकाबाहिर स्वास्थ्यसम्बन्धी जानकारी दिँदै आएको ‘द यति सो’ले १०० अंक पूरा गरेको छ। ‘द यति सो’ फेमेली हेल्थ नेपालले युट्युबमा सञ्चालन गर्ने स्वास्थ्यसम्बन्धी कार्यक्रम हो।
उक्त सोमा हरेक हप्ता स्वास्थ्यकर्मी तथा वरिष्ठ चिकित्सकहरूसँग विभिन्न रोग तथा स्वास्थ्य समस्याका बारेमा कुराकानी प्रसारण हुन्छ।
२०७१ सालमा स्थापना भएको फेमेली हेल्थ नेपालले सामुदायिक स्वास्थ्य बिमा, मोबाइल हेल्थ रेकर्ड, स्वास्थ्य शिविर, जनचेतनाका साथै अन्य स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ।