प्रतिनिधिसभाको कार्यसूची तय गर्ने कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनाेनीत भएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले समितिमा सदस्यहरूको मनोनयन गरेका हुन्।
समिति सदस्यहरूमा प्रतिनिधिसभा सदस्यहरू अजयकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ र नागिना यादव रहेका छन्। त्यसैगरी, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा र रुपा सोसी चौधरी रहेका छन्।
सभामुख घिमिरेले लीलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाहीलाई पनि कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरेको जानकारी गराए।