सत्तासाझेदार दलहरूको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ । नयाँ गठबन्धन बनेसँगै मन्त्रिपरिषद् विस्तार भएपछि न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको हो ।
आज सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुँदै
१० दलीय सत्तागठबन्धनले आज अपराह्न सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै छ। आज अपराह्न गठबन्धनमा सहभागी १० दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।