२६२२औँ भगवान् महावीर जन्म कल्याणक महोत्सव सम्पन्न

बुधबार, २२ चैत, २०७९
डिजिटल संस्करण

२६२२औँ भगवान् महावीर जन्म कल्याणक महोत्सव सम्पन्न भएको छ। 

दिनांक चैत शुक्ला त्रयोदशीका दिन नेपाल जैन परिषद्को आयोजना एवं विभिन्न धार्मिक एवं सामाजिक संघसंस्थाको सहभागितामा २६२२औँ महावीर जन्म कल्याणक दिवस भव्य रूपमा मनाइएको छ। 

यस अवसरमा प्रभातफेरी, अर्चना सभा, कल्याणक कार्यक्रमलाई सहयोग गर्नेहरूलाई प्रशंसापत्र प्रदानलगायतका कार्यक्रम गरिएको थियो। 

जैन परिषद्का अध्यक्ष महेन्द्रकुमार जैनको अध्यक्षता भएको अर्चना सभाको प्रमुख अतिथि उपराष्ट्रपति रामसहायप्रसाद यादव थिए। 
 

सुझावित समाचार