आज मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। सेयर बजार परिसूचक नेप्से आज ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा झरेको छ।
आज माइक्रोफाइनान्स, जलविद्युत्, होटेल, फाइनान्स, विकास बैंक र म्युचल फन्ड समूहको सेयर सामान्य बढे पनि बाँकी समूहका सेयर ओरालो लागेको छ।
नेस्सेसँगै पछिल्लो दिन कारोबार रकम पनि खुम्चिएको छ। आज दुई सय ६४ वटा कम्पनीका २९ लाख ७१ हजार कित्ता सेयर किनबेच हुँदा जम्मा ९१ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
समग्र बजार ओरालो लागे पनि कालिञ्चोक दर्शन लिमिटेड कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ। यस्तै, सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ प्रिमियर इन्सुरेन्स रहेको छ।