सरस्वती क्याम्पसमा स्ववियु निर्वाचितको शपथ र प्रमाणपत्र

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

लेखनाथमार्ग ठमेलस्थित त्रिभुवन विश्वविद्यालयको आंगिक सरस्वती बहुमुुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

गत ५ चैतमा भएको स्ववियु निर्वाचनबाट निर्वाचितहरूलाई प्रमाणपत्र वितरण गरिएको हो । सो क्याम्पसमा २१ सदस्यीय कार्यसमिति बनेको छ ।  सरस्वती बहुमुखी क्याम्पसमा प्रत्यक्षतर्फ सभापतिमा मुस्कानराज गौतम निर्वाचित भएका छन् । 

त्यसैगरी, सचिवमा राजेशबाबु बगाले, कोषाध्यक्षमा हर्कबहादुर तामाङ निर्वाचित भएका छन् । प्रत्यक्षतर्फको सदस्यहरूमा मन्दीप मल्ल, मनीषराज बस्नेत, सुस्मिता अधिकारी, दीपेश श्रेष्ठ, लालबहादुर खत्री, बजिरसिंह ढोली, कमल सिंखडा र अस्मिता देवकोटा विजयी भएका छन् । 

त्यसैगरी, समानुपातिकतर्फ सदस्यहरूमा निश्चय राई, निकेश रिजाल, विजय खत्री, केशव पुरी, सन्जा जोशी, गोविन्दकुमार सिंह, धीरेन्द्र घर्तीमगर, विश्व भण्डारी, विशाल सापकोटा र अविनाश केसी छन् ।

सुझावित समाचार