डाइनिङ टेबल छान्दा...

सोमबार, २० चैत, २०७९
डिजिटल संस्करण

तपाईं कुन आकारको टेबल किन्न चाहनुहुन्छ भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हो । तपाईंले आफ्नो किचेनको स्पेस हेरेर यसको चयन गर्नुपर्ने हुन्छ । तपाईंको परिवारका सदस्य बस्न मिल्ने त हुनैपर्यो, यससँगै कहिलेकाहीँ दुई–तीनजना पाहुना आउँदा पनि बस्न मिल्ने खालको डाइनिङ टेबल चयन गर्नु राम्रो हुन्छ । पहिले–पहिले डाइनिङ टेबल र कुर्सी एकसाथ आउँथ्यो, तर अहिले टेबल अलग र कुर्सी अलग किन्ने सुविधा छ । त्यसैले आफूलाई जतिजना बस्न मिल्ने टेबल मन पर्छ, त्यही किन्दा हुन्छ ।

परम्परागत डाइनिङ टेबल काठबाट बनेको हुन्छ । तर, अहिले बजारमा प्लास्टिक, एक्रेलिक, मेटल, स्टोन आदि विभिन्न थरीका डाइनिङ टेबल उपलब्ध छन् । तपाईंले आफ्नो आवश्यकता र बजेट हेरेर आफूलाई मन पर्ने टेबल खरिद गर्न सक्नुहुन्छ । बजारमा विभिन्न डिजाइनका डाइनिङ टेबल आउने गर्छन् । राउन्ड डाइनिङ टेबल सबैभन्दा धेरै चलेको पाइन्छ । आवश्यक परेको खानेकुरा आफू बसेकै ठाउँमा ल्याउन मिल्ने खालका टेबल पनि हुन्छन् । 

सुझावित समाचार