कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

आइतबार, १९ चैत, २०७९
डिजिटल संस्करण
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

फाइल तस्बिर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। बिहान ११ बजेबाट सुरु भएको बैठकमा पार्टीको आन्तरिक समस्या र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ।

सरकारमा पठाउने थप मन्त्री तथा उपनिर्वाचनमा बारा २ मा कसलाई उठाउने भन्ने विषय बैठकको मूल एजेन्डाका रूपमा रहेको छ।

सत्तागठबन्धनमा ८ वटा मन्त्रालय पाएको कांग्रेसबाट चार मन्त्री सरकारमा सहभागी छन्। आफूले पाउने मन्त्रालयको संख्यामा शेखर कोइराला पक्ष असन्तुष्ट छ।

साथै, बारा २ मा पार्टीबाट उम्मेदवार उठाउने वा उपेन्द्र यादवको जसपा उम्मेदवारलाई सघाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

सुझावित समाचार