मुख्यमन्त्री शर्मालाई दिएकाे समर्थन एमालेले लिएन फिर्ता

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन एमालेले फिर्ता नलिने भएको छ।

प्रदेश सभामा बोल्दै एमाले संसदीय दलको नेता यामलाल कँडेलले आफूले विगतमा दिएकाे समर्थन कायम रहेको बताएका हुन्। 

समर्थन फिर्ता लिनुपर्ने कुनै कारणले नभएकाले विगतमा दिएको समर्थन कायम रहेको एमाले संसदीय दलका नेता कँडेलले बताए। ‘हामीले समर्थन फिर्ताका विषयमा सोचेका छैनौँ,’ उनले भने, ‘हाम्रो अहिले पनि समर्थन छ।’
 

सुझावित समाचार