बहुमत हुँदाहुँदै विश्वासको मत मागेकाे हुँ : मुख्यमन्त्री शर्मा

शुक्रबार, १७ चैत, २०७९
डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू बहुमतमा हुँदा पनि आफूले विश्वासको मत लिन लागेको बताएका छन्। 

विश्वासको मत माग्दै कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले बहुमत हुँदाहुँदै विश्वासको मत मागेको बताएका हुन्। 

सरकारलाई विश्वासको मत दिएको ठूलो दल एमाले साथ रहँदारहँदै पनि राप्रपाले मलाई दिएको विश्वासको मत फिर्ता लिएकाले आफूले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्री शर्माले बताए।

‘ममाथि बहुमत हुँदाहुँदै पनि राजनीतिक इमानदारिताका लागि विश्वासको मत मागेको हुँ,’ उनले भने, ‘मलाई समर्थन गरेको एउटा दलले विश्वासको मत फिर्ता लिएपछि पुनः विश्वासको मत लिन उचित ठानेको हुँ।’

सुझावित समाचार