लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्दै

बिहिबार, १६ चैत, २०७९
डिजिटल संस्करण

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी मन्त्री बन्ने भएका छन् ।

लोसपाको तर्फबाट भण्डारी मन्त्री बन्ने निश्चित भएको सो पार्टीका एक नेताले बताएका छन् । ‘नेता भण्डारी पार्टीको तर्फबाट मन्त्री बन्ने निश्चित भएको छ । यो सर्वसम्मत निर्णय हो,’ ती नेताले बताए ।

सत्तासाझेदार दलको भागबन्डामा लोसपालाई एक मन्त्रालय परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । रासस

सुझावित समाचार