अस्तित्व नेपाललाई सिटी एक्सप्रेसको सहयोग

मंगलबार, १४ चैत, २०७९
डिजिटल संस्करण

 सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो । 

अस्तित्व नेपाल सन् २०१८ देखि एसिड तथा अग्निजन्य हिंसाविरुद्ध काम गर्दै आइरहेको संस्था भएको कम्पनीले जनाएको छ । साथै, यसले शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम र सचेतना कार्यक्रमहरू पनि चलाउँदै आइरहेको जनाइएको छ । 

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै १६ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरूमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार