गाईको मासु बेच्ने ‘चिकेन स्टेसन’लाई कारबाही गर्न आयोगकाे पत्राचार

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

मधेसी आयोगले गाईको मासु बेच्ने पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकामा रहेको चिकेन स्टेसनलाई कारबाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। 

हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य अरुण झाले सञ्चालन गरेको चिकेन स्टेसनले रमदानको अवसरमा गाईको मासुको परिकारमा विशेष छुटसम्बन्धी सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि विभिन्न हिन्दू संघसंगठनले मधेसी आयोगमा राष्ट्रिय जनावर गाईको मासु बेच्ने चिकेन स्टेसनलाई कारबाही गर्नका लागि उजुरी दिएका थिए। 

उजुरीका आधार चिकेन स्टेसनलाई कारबाही गर्न पत्राचार गरेको आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले जानकारी दिए। 

सुझावित समाचार