विद्यालयको पर्खाल भत्किएर घाइते भएका बालकको मृत्यु

शुक्रबार, १० चैत, २०७९
डिजिटल संस्करण

बाजुराको स्वामी–कार्तिक खापर गाउँपालिकामा बिहीबार परीक्षा दिएर घर फर्किने क्रममा विद्यालयको पर्खाल भत्किएर घाइते भएका बालकको मृत्यु भएको छ। 

उनको उपचारका लागि धनगढी  लैजाने क्रममा  बाटोमा मृत्यु भएको हो। 

मृत्यु हुनेमा सोही गाउँपालिका– १ मा रहेको खापर मष्टेश्वरी आधारभूत विद्यालयको कक्षा २ अध्ययनरत ७ वर्षीय कपिल विकको रहेको वडासदस्य नन्दलाल धामीले जानकारी दिए। 

See More On

सुझावित समाचार